ताजा अपडेट »

पाथीभरा क्षेत्रका सामुदायिक वनमा आगलागी

शनिबार, ११ पुस २०७७, १३ : ३६
8 Shares

ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका  सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ । 

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।

रासस
लेखकको बारेमा
रासस