ताजा अपडेट »

बाढीले घरविहिन भएकालाई तिलोत्तमाको क्लबले दियो घर

आइतबार, ३० कार्तिक २०७७, १९ : ४०
12 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ प्रदीपनगरमा क्रियाशील नवएकता युवा क्लबको सक्रियतामा वडा नं. ११ गणेशनगर (मैनाबगर) का दिलिप गुरुङको लागि घर निर्माण गरी हस्तान्तरण गरिएको छ । गत वर्ष स्थानीय सुखौरा खोलामा आएको बाढीले उनको घर बगाएको थियो । बाढीले घर बगाएपछि उनी घरविहीन भएका थिए ।

क्लबको सक्रियता र स्वदेश तथा विदेशमा रहेका विभिन्न परोपकारी, सहयोगी नेपालीहरुबाट जुटेको आर्थिक सहयोगमा उक्त घर निर्माण गरिएको हो । लक्ष्मी पूजाको अवसर पारेर घर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा क्लबका अधक्ष्य देशराज गुरुङले घर निर्माण गरिदिनु पर्नुको कारण प्रस्टाउँदा कार्यक्रमका सहभागीहरु निकै भावुक बनेका थिए ।

हस्तान्तरण कार्यक्रमा बोल्दै समाजसेवी ऋषि काफ्लेले पानीको धारा जडान गर्ने प्रतिबद्धता गरेका छन् । त्यसैगरी कार्यक्रममा कमलकान्त गौतम, बाबुराम खरेल, भिम बहादुर गुरुङ, टोप बहादुर केसी, धन बहादुर थापा, अर्जुन घिमिरे, आशिष गुरुङले जनही पाँच पाँच हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।