ताजा अपडेट »

लुम्बिनीबाट ‘एक व्यक्ति एक रुपैयाँ’ अभियान सुरु

शनिबार, २९ कार्तिक २०७७, १८ : ५१
2 Shares


भैरहवा । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान दिएर अभियानको सुरुवात गरेका छन् । गुम्बा निर्माणका लागि शनिबार लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपैयाँ दान दिएका हुन । उनले बुद्ध जन्मभुमिमा निर्माण भैरहेको सेन्चुरी फर युनिभर्सल पिसले विश्व भरिको शान्तीगामीहरुको लागी भएकोले यो अभियानमा सहभागी हुन सबैलाई आव्हान गरेका छन् ।

विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण केही समय रोकिएको केन्द्रको काम पुनः सुरु भएको छ । धर्म गुरु रेन्पोछेले युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सारेका छन् । विश्वभर शान्तिको सन्देश थप फैलाउने उद्देश्यको साथ निर्माण भइरहेको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशहरुसँग सहयोगको आग्रह गरेका छन् ।

रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको गुम्बा निर्माणको लागि महासिद्ध अभयारण्य विश्वव्यापी सौहार्द र शान्तिको बीउ छर्ने कामको लागी एक रुपैयाँ अभियान सुरु गरेको बताए । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने उनले विश्वास व्यक्त गरे ।धर्म गुरु रिन्पोछेले मुठ्ठिदानको अवधारणाबाट यो अभियानको सुरुवात गरिएको बताए । दिपावलीको अवसर पारेर सुरु गरिएको अभियानमा नेपालमा १ रुपैया बाहिर १ युएस डलर दान गरेर सहभागी हुन सकिने उनले जनाए । कसैले स्वेच्छाले थप रकम दिए त्यसलाई पनि स्विकार गरिने उनले जनाए ।

लुम्बिनीमा शनिबार सम्पन्न भएको सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुन र श्रीलंकाका मेडम कृशन्तीका साथै श्रीलंकन बिहारका धर्मगुरुको सहभागीता रहेका थियो ।स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसैगरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ । यस केन्द्रमा दुई हजार सिट क्षमता भएको एउटा अन्तर्राष्ट्रियस्तरको कन्फरेन्स हल (सभाकक्ष)को निर्माण गरिनेछ । यस केन्द्रभित्र सामूहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको छ ।

साथै विशेष ठूला ध्यान कक्षहरुको समेत व्यवस्था गरिएको हुनेछ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ ।
द युनिर्भसल पिस इन्स्टिच्युटमा एउटा खोज अनुसन्धान केन्द्र पनि रहेनछ । अनुसन्धान केन्द्रका लागि काम गर्नेमा विभिन्न शोधकर्ताह हुनेछन । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो गुम्बा निर्माण भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।