December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

नेपालमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण

276

बुटवल । नेपालमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६४ हजार ५९२ जना स‌ंक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । क्वारेन्टिनमा ९७४ जना रहेका छन् ।

global-corona-notice

पछिल्लो अपडेट