ताजा अपडेट »

सियारीमा वडा कार्यालय र सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन

विहीबार, २७ कार्तिक २०७७, १५ : ०८
6 Shares

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई भवनको बुधबार उद्घाटन भएको छ । सामुदायिक स्वास्थ्य ईकाई हाल भाडाको घरमा संचालन भैरहेको छ ।

सामुदायिक स्वास्थ्य ईकाई स्वास्थ्य चौकी नयाँ भवनबाट संचालन भए पश्चात पालिकावासीहरुलाई सेवा प्रदान गर्न तथा सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । विभिन्न औषधी तथा उपचार निःशुल्क रहेकोले स्वास्थ्य चौकीमा उपचार गर्न स्थानीयहरुलाई उनले अनुरोध गरे। उनले भने–‘गाउँपालिकाले विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ, नजिकको स्वास्थ्य संस्थामा गएर सेवा लिन सक्नुहुन्छ, धेरै सेवा निःशुल्क पनि छन् ।’ सामुदायिक स्वास्थ्य ईकाई स्वास्थ्य चौकी भवन निर्माणका लागि गाउँपालिकाले ३४ लाख १६ हजार ५४ रुपैयाँमा निर्माण सम्पन्न गरेकोे सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताए ।

यस्तै बुधबार नै वडा नं.५को वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी भवन र वडा कार्यलय भवनको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बुधबार उद्घाटन गरेका हुन्। वडा कार्यलय भवन निर्माणका लागि गाउँपालिकाले ५० लाख ८ हजार ५ सय नौं रुपैयाँमा श्री कृष्ण निर्माण सेवा अर्घाखाँचीलाई ठेक्का दिईएको थियो । सियारी वडा नं.५ को वडा कार्यलय र स्वास्थ्य चौकी दुवै हाल भडामा संचालन भैरहेका थिए । भवन निर्माण पश्चात सेवाग्राहीलाई सेवा लिन सहज हुने वडा नं.५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलले बताए । स्थानीयको चाहना अनुसार वडामा विकास गरिने समेत उनले प्रतिवद्धता जनाए ।

वडा कार्यलय र सामुदायिक स्वास्थ्य ईकाई स्वास्थ्य चौकी भवन भुकम्प प्रतिरोधी बनाईएको योजना शाखा प्रमुख रोमलाल पुरीले बताए । कार्यक्रममा सियारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष घिसन अहिर, वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु देवकी खरेल, विष्णु रायमाझी, वडा नं. ५ का वडा सचिव दिवाकर त्रिपाठी, शिक्षा योजना शाखाका कृष्ण भुषाल, स्थानीय चन्द्रकान्त शर्मा, शुष्मा भण्डारी लगाएतले आफ्नो भनाई राखेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।