ताजा अपडेट »

ब्राह्मण-क्षेत्री नभएको जिल्लाकै एक वडा

मंगलबार, २५ कार्तिक २०७७, १४ : १९
74 Shares

गुल्मी । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको एक वडामा एक घर पनि ब्राम्हण र क्षेत्री समुदाय रहेका छैनन् । सो नगरपालिकाको वडा नम्बर ८ को बोबाङ्ग गाउँमा एक घरपनि बाहुन क्षेत्री परिवार नभएका हुन् । वडाध्यक्ष नन्दे सुनारले भने ‘हाम्रो वडामा अहिले ७ सय ५० घरधुरी छन् । जस मध्ये ८० प्रतिशत दलित र २० प्रतिशत जनजाती छन् । बाहुन र क्षेत्री समुदायको बसोबास भने एक घर परिवार पनि छैन ।’

उनका अनुसार साबिक बोबाङ्ग गाबिस दलित मध्ये ९९ प्रतिशत बिश्वकर्मा जातिका मानिस बसेको थलो हो बोबाङ्ग । ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ को घुम्ती बस्ती ढोरपाटन भ्यालीको नभी गाडी गाउँमा ७ सय घरधुरी मध्ये ४ घर मात्रै जनजातिको घर छ ।

जातियताको आधारमा नेतृत्व
साबिक बोबाङ्ग गाबिसमा ८० प्रतिशत दलित समुदायको बाहुल्यता रहे पनि पन्चायत कालमा मुख्य नेतृत्व दलितले पाएको पाइँदैन । ढोरपाटन जनवादी आधारभुत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारका अनुसार जात ठूलो सानोका आधारमा पन्चायत कालदेखि नेतृत्व चयन हुँदै आएको थियो । साबिक बोबाङ्ग गाउँ पन्चायत र गाबिस छदा ६० प्रतिशत दलित र ४० प्रतिशत अन्य जाती थिए । त्यो बेला दलितलाई उपप्रधान र उपाध्यक्ष पद दिएर मुख्य पद ४० प्रतिशत अन्य जाति कै पोल्टमा सुरक्षित राखिन्थ्यो । हालको पिढिले जाने बुझे अनुसार अतिसिमान्त्कृत नौथर जातिका जेम बहादुर अधै प्रधानपन्च भएका थिए । उनको पालाका उप्रधानपन्च मनिलाल बिक थिए ।

त्यसपछि नाम नखुलेका भट्टचन थरका एक व्याक्ती प्रधानपन्च भए । उनको पालाका उपप्रधानको थिए भन्ने खुलेको छैन । त्यसपछि भिमबहादुर बुढा प्रधानपन्च भए । उनको पालामा कुमराज बिकलाई उप–प्रधान पन्च बनाइयो । त्यसपछि दलबिर घर्ती प्रधानपन्च भए । उनको पालामा आइते बिकलाइ उपप्रधान बनाइयो । त्यसपछि पूर्व प्रधानपन्च भट्टचन कै छोरा होमबहादुर भट्टचन प्रधानपन्च भए । नन्दराज बिकलाइ उपप्रधान बनाइयो । २०४६ को बहुदलपछि पनि त्यो प्रचलन तोडिएन । जनजातिबाटै चन्द्रसिन्ह कुमाइलाई गाबिस अध्यक्ष बनाइयो । जुन २०४८ को चुनाव थियो, जित काँग्रेसको थियो । २०५४ सालमा तत्कालिन कम्युनिस्टको पोल्टामा चुनावी माहोल थियो ।

अर्थात त्यति बेलाको मालेले पनि मुख्य नेतृत्वको टिकट जनजातिलाई नै दियो । फलतः शेरमान घर्ती गाबिस अध्यक्ष र भद्रामनी सुनार उपाध्यक्ष भए । पछि जुन कुरा भद्रमणि सुनारलाई मन परेन र उनि एमालेबाट बिद्रोह गरेर माओबादिमा प्रवेश गरे । शिक्षा र जनचेतना नै दलित पछाडी पर्नुको मुख्य कारण देखेर सुनारले माथी नभी गाउँमा द्वन्द्वरत माओबादीसँग स्कूल माग गरे । किनकी त्यति बेला तल बोबाङ्ग गाउँको स्कूलमा जाडो समयमा ६ महिना मात्रै पढ्थे दलितका छोराछोरीहरु । गर्मी यामको ६ महिना माथी नभी गाउँको बसाईमा स्कूलको मुख देख्न पाउदैन्थे ।

फलतः द्वन्द्व कालमा माओबदिले नभी गाउँमा ढोरपाटन जनबादी आधारभुत विद्यालय खोली दियो । उनै सुनारलाई गएको स्थानीय तहको चुनावमा माओबादिले ढोरपाटन नगरपालिका ८ को वडाध्यक्षमा उठायो । तत्कालीन एमालेले उनकै भाइ नन्दे सुनारलाइ उठायो । अन्ततः दाजु सुनारले भाइबाट जम्मा ४ मतले हारे । मैले जितेको हो, पछि पुन गणाना गर्ने क्रममा हराइएको हो भद्रमणी सुनार भन्छ्न, आफ्नै भाइ भएकोले मुद्दा मामिला गरिन । अहिले साबिक बोबाङ्ग गाबिसमा ढोरपाटन नगरपालिकाको ३ वटा वडा बनेका छन् । वडा नम्बर ८ मा दलित समुदायका नन्दे सुनारले वडाध्यक्ष जिते पनि अन्य दुई वडामा जनजातीले नै जितेका छ्न । शिक्षा स्वास्वास्थ्य र अन्य सामाजिक संघ सस्थाको नेतृत्वमा पनि दलित समुदायमा नरहेको प्रधानध्यापक देवबहादुर सुनार बताउछ्न ।

यसरी रचियो इतिहास
संयोग गएको स्थानीय तहको चुनावमा त्यस भेगकै इतिहास तोड्दै ढोरपाटन नगरपालिकाको नेतृत्व त्यहाँका दलितहरुले आफ्नो हातमा लिए । तत्कालीन माओबादी क्याम्पबाट टिकट नपाउने भएपछि सडकमा निस्केका देवकुमार नेपालीलाई त्यहाँका दलितले काधमा बोकेर एमाले पार्टी कार्यालयमा छिराए । टिकट पाए, शानदार जित हासिल गरे ।

फलतः त्यही ठाउँबाट घर लिलाम गराउदै निकालिएको र १३ बर्षको उमेरसम्म ओढारमा हुर्केको बताउने नेपाली, उनकै शब्दमा कपडा सिलाएर ज्यान पालेको, दमाईको छोरो देवकुमार नेपाली अहिले मेयर भएको कतिपयलाई सहिसाध्य छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।