ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्यो

सोमबार, २४ कार्तिक २०७७, ११ : ०५
4 Shares

बुटवल । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९७ हजार ७ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।