ताजा अपडेट »

एमजि मोटर्सको ईभी चार्जिङ एप सार्वजनिक आफ्ना ईभी ग्राहकको चार्जिङ समस्याको दिगो समाधानमा सहयोगी हुने बिश्वास

सोमबार, २८ फागुन २०८०, २३ : ०५
86 Shares

काठमाडौं– नेपालका लागि एमजि गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसननामको मोबाईल एप सार्वजनिक गरेको छ । योएपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले बताएको छ । प्ले स्टोर र एप स्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो एप डाउनलोड गरी ग्राहकले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप पूरा गर्न सक्नेछन । चार्जिङ शुल्कलाई खल्ती एपमार्फत मात्र भुक्तानी गर्न सकिने ब्यवस्था कम्पनिले मिलाइएको छ । कम्पनीले सबै ग्राहकहरूलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह समेत गरेको छ ।

कम्पनीका अनुसार पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथसाथै चार्जिङ भुक्तानीमा सहजता पुर्याउने छ । यस एपले ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेडएस इभी र एमजी–४ इभीका ग्राहकलाई विशेष फाइदा हुनेछ । हालसम्म देशभर एमजीका ११ वटा चार्जिङ स्टेसन रहेकाछन भने यो संख्या बढाउँदै जाने कम्पनीले जनाएकोे छ । साथै यस एप को आर.एफ.आइ.डी. कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनैपनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारी साधन चार्ज गर्न सक्नेछन । ग्राहकहरूले आर.एफ.आइ.डी.कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित ५०० रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ ।

उक्त शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । साथै यो एपले चौबिसै घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराई ग्राहकहरुको चार्जिङ सम्बन्धी समस्यालाई सम्बोधन गर्नेछ । एमजीआर.एफ.आइ.डी.कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फर्म भर्न सक्ने बताइएको छ । अनलाइन फारम भर्नको लागि www.mgmotors.com.np/rfid-request-form मा गएर फारम भर्नु पर्नेछ भने अफलाइनका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गई फारम डाउनलोड गरी त्यहाँ बताइए बमोजिम प्रक्रिया पूरा गर्नुपर्नेछ ।

आर.एफ.आइ.डी.फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन । नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन् । पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लिनेछ । प्रति युनिट शुल्क पिक र अफ-पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।