ताजा अपडेट »

नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण

बुधबार, १९ कार्तिक २०७७, १६ : ३५
4 Shares

बुटवल । नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४४ हजार ९७८ जना स‌ंक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।