ताजा अपडेट »

स्रोत नखुलेको एक करोड रूपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ

मंगलबार, १८ कार्तिक २०७७, १० : ५१
8 Shares

काठमाडौं । स्रोत नखुलेको एक करोड रूपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका बिकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका छन् ।

उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।