November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

333

डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएकी ती महिलालाई मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आइतबार राति नै घरमा लगिएको थियो ।

घरमा लगिएकी महिलाको आज बिहान करिब २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । तीन दिनको अवधिमा जिल्लामा अरिङ्गालको टोकाइबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन पहिले मात्रै जिल्लाको सायल गाउँपालिकाका एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो ।

global-corona-notice

पछिल्लो अपडेट