ताजा अपडेट »

नेकपा महासचिवको संकेत, पार्टी फुटको संघारमा

आइतबार, १६ कार्तिक २०७७, १७ : ४६
4 Shares

बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपा पार्टी फुटको संघारमा पुगेको संकेत गरेका छन् । आइतबार एक ट्विट गर्दै उनले पार्टीमा संकट उत्पन्न भएको उल्लेख गरेका छन् ।

पौडेलले पार्टी एकता जोगाउन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’-उनले ट्वीटमा उल्लेख गरेका छन् । नेकपामा लामो समयदेखिको किचलो केही हप्ता यता झनै बढेको छ । भारतीय रिसर्च एण्ड एनलाइसिस ‘रअ’ का प्रमुख सामन्त कुमार गोयललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले भेटेको, स्थायी कमिटीले गरेका निर्णय उल्लघंन गरेको भन्दै ओलीमाथि दबाब बढ्दो छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र ओली बीचको तिक्तता बढेसँगै नेकपा विवादले उग्र रुप लिएको हो । ओलीले बैशाखमा राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउँदा सुरु भएको विवाद स्थायी कमिटी बैठकबाट युद्धबिरामको अवस्थामा पुगेको थियो । तर ओली पक्षका नेताले कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई पदबाट हटाउन खोजेपछि नेकपाको विवाद उत्कर्षमा छ ।

https://twitter.com/bpaudel1959/status/1322821619899752449?s=20
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।