ताजा अपडेट »

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण

विहीबार, ०६ कार्तिक २०७७, १६ : ३२
4 Shares

बुटवल । नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला गरिएको १५ हजार २५५ जनाको परीक्षण मध्ये ३ हजार ६३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना जित्नेको दर ६९.२ प्रतिशत रहेको छ ।

हाल नेपालमा ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ३३९ छ भने होम आइशोलेसनमा ३१ हजार ५३८ जना छन् । क्वारेन्टिनमा रहेको संख्या ३ हजार ७५१ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।