ताजा अपडेट »

श्री स्टील प्रालिद्वारा बुटवलमा ८ हजार बढी निःशुल्क मास्क वितरण

मंगलबार, ०४ कार्तिक २०७७, १८ : ३५
6 Shares

बुटवल । श्री स्टील प्रालिले रुपन्देहीको बुटवलमा निःशुल्क मास्क वितरण गरेको छ । प्रालिले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै कोरोनाबाट बच्न बुटवलका विभिन्न ठाउँहरुमा मास्क वितरण गरेको हो ।

समुदायस्तरमा संक्रमण फैलिएपछि यसको जोखिमबाट बच्न मास्क वितरण गरिएको प्रालिले जनाएको छ । प्रालिले बुटवलका विभिन्न ठाउँमा हालसम्म ८ हजार बढी मास्क वितरण गरेको छ भने जिल्लाका अन्य ठाउँहरुमा पनि २० हजार मास्क वितरण गर्ने उद्धेश्य लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।