ताजा अपडेट »

विरगञ्जमा १७ करोडको सुन भेटियो, भेटिएन तस्कर

शनिबार, ०१ कार्तिक २०७७, १९ : ५८
20 Shares

पर्सा । वीरगञ्ज महानगरपालिका वडा-५ रेशमकोठीबाट आज पर्सा प्रहरीले १७ करोड बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताए । सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ । उक्त फ्ल्याटमा भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्दै आएका थिए । उनी के काम गर्थे भन्ने बारे प्रहरीले केही बताएको छैन। प्रहरीले सुन कसको हो भन्ने पनि पहिचान गर्न सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।