ताजा अपडेट »

रुपन्देहीमा प्रदेश राजधानीको माग गर्दै राँके जुलुस

शनिबार, १७ असोज २०७७, २१ : ०१
8 Shares

बुटवल । प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीमा तोक्न माग गर्दै कांगेसले शनिवार साँझ राँके (मसाल)जुलुस निकालेको छ । प्रदेश सभामा शुक्रबार प्रदेश नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध जनाएको थियो ।

कांग्रेसले आज साँझ बुटवलको मिलनचोक, सैनामैना, तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिका लगायत जिल्लाको विभिन्न स्थानमा राँके जुलुस प्रर्दशन गरेको हो । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो । विरोध स्वरुप कांग्रेसले भोली जिल्ला बन्दको घोषण र नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन गर्ने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।