ताजा अपडेट »

बुटवलमा आजमात्रै थपिए २६ कोरोना संक्रमित

शनिबार, ०३ असोज २०७७, १९ : ०९
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा शनिबार थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको । उपमहानगरको जनस्वास्थ्य शाखाका अनुसार वडा नं. २, ४, ७ र १२ मा १/१ जना, वडा नं. ६ र ९ मा ३/३ जना, वडा नं. ८ मा ७ जना, वडा नं. ११ र १३ मा २/२ जना र ठेगाना नखुलेका ५ जनामा संक्रमणको पुष्टि भएको हो ।

यो सँगै उपमहानगरमा कोरोना संक्रमितको संख्या ७१२ पुगेको छ भने ३३६ जना सक्रिय संक्रमित रहेका छन् । बुटवलमा हालसम्म ३७६ जना उपचारपछि निको भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।