ताजा अपडेट »

नम्बर नखुलेको गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

शुक्रबार, ०२ असोज २०७७, ११ : ४९
4 Shares

दाङ । दाङमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका ३ का १८ बर्षीय प्रकाश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठक्करबाट घाइते भएका कुँवरको ढिलागरी मात्रै उद्दार भएको थियो । बिहान करिब सवा ७ बजेतिर लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।