२१ असार २०७९, मंगलवार

Jul 5, 2022

गुल्मी । हिन्दु महिलाहरुको महान पर्व तीज आउन झण्डै आधा महिना बाँकी छ । कलाकारहरुलाई भने तीज पर्व लागि सकेको छ । कलाकारहरु तीज सम्बन्धी गीत सार्बजनिक गरि रहेका छन् । तीज गीतमा प्राय नारि बेदाना तथा नारि भावको कथा बस्तु समेटिएको हुन्छ ।

Advertisement

पछिल्लो समय बजारमा आधुनिकताका नाममा मौलिकता र परम्परालाई नै ख्याल नराखी तीज भाकाहरु सार्वजनिक भएपनि केही कलाकारहरुले भने मौलिकतालाई भुलेका छैनन् । मौलिकता बचाउनेतर्फको लाइनमा यो वर्ष गायीका मञ्जु पौडेल पनि परेकी छन् । गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘तीजैमा’ बोलको तीज सार्वजनिक भएको छ । तीजको बेला दिदी बहिनी जम्माभएर आफ्ना मन भित्रका पिडा पोखेर गाउँने नारी भावनालाई समेटेर आफनो गीतमा समाबेश गरिएको पौडेलको भनाई छ । गीतमा गायिका मञ्जु पौडेल र गायिका मीना निरौलाको स्वर रहेको छ ।

आफ्नै संगीत एवं दिग्गज द्यौरालीको शब्दमा रहेको गीतको संगीत संयोजन निरज श्रेष्ठले गरेको उनले बताइन् । गीतको म्युजिक भिडियो छायांकन तथा निर्देशन दुर्गा पौडेलको रहेको छ । गीतमा गायिका मञ्जु पौडेल र मीना निरौला सहित इन्दु, रश्मी र भावना लगाएतको अभिनय रहेको छ । गित बीएमएस फिल्म्स को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च