१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाण्डौं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ । टिआई नेपालले शुक्रबार आयोजना गरको ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, नागरिक संस्थासंगको सामाजिक जवाफदेहिता औजार प्रयोग’ विषयक छलफल कार्यक्रममा भूकम्प अति प्रभावित १४ जिल्लामा गरिएको अनुगमनका क्रममा लाभग्राहीले अन्य स्थानमा बस्न योग्य घर छैन भनी अनुदान लिने धेरैको अन्यत्र पनि बसोवास भेटिएकाले नागरिक स्तरमा भ्रष्टाचार बढेको देखिएको जानकारी गराइएको छ ।

Advertisement

कार्यक्रममा टिआई नेपालका वरिष्ठ अधिकृत दीनानाथ भट्टराईले स्थानीय तह र नागरिक स्तरमा भ्रष्टाचार बढ्दै जाँदा नागरिक संस्था समेत कम गराउन सफल हुन नसकेको स्वीकार गर्नुभयो । विद्यालय पुःननिर्माण गर्दा सुशासन ऐन अनुसार सूचना दिन ‘होर्डिङ बोर्ड’ राख्नुपर्ने, पुनःनिर्माण सम्पन्न भएपछि सामाजिक लेखापरीक्षण गर्नुपर्ने जस्ता कानूनी व्यवस्था पालना नहुँदा भ्रष्टाचार एवं अनियमितता बढेको उहाँले जानकारी दिनुभयो । भूकम्पपछिको पुनःनिर्माणका क्रममा कानूनी सहायता प्रदान गर्दै आएको नागरिक संस्था राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रेतीले भूकम्प अति प्रभावित १४ जिल्लाका धेरै स्थानीय तह एवं वडामा नागरिक बडा पत्र नभेटिएको प्रसङ्ग उल्लेख गर्नुहुँदै यसका कारण पनि भूकम्प पीडितले सही सूचना पाउन नसकेको बताउनुभयो । जसले निजी आवास पुनःनिर्माणमा प्रभाव परेको छ ।

पुनःनिर्माणमा स्थानीय तह र वडालाई बढी जिम्मेवार बनाउन खोजे पनि कर्मचारी अभाव लगायत कारण त्यो प्रभावकारी हुन नसकेको स्थलगत रुपमा अनुगमनका क्रममा देखिएको उहाँले उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक तारा गुरुङ, टिआई नेपालका जिल्ला अधिकृत शारदा नेपाली, मञ्चका कोषाध्यक्ष जीवन पौडेल लगायतले पुनःनिर्माणमा संलग्न हुने केन्द्रदेखि स्थानीय तहसम्मका निकायले सदाचार कायम गराउन असफल देखिएको बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि टिआई नेपालले अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, ओखलढुङ्गा, सिन्धुली र मकवानपुरमा जिल्ला सम्पर्क कार्यालय खोलेर जिल्ला अधिकृतमार्फत भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत नागरिक संस्थासंगको सहकार्यमा नागरिक अनुगमन गर्दै आएको छ । यो कार्यक्रममार्फत् भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा विसं २०७३ देखि सहकार्य हुँदै आएको हो ।

भूकम्पपछि सरकार, स्थानीय तह र अन्य साझेदारबाट भएका पुनःनिर्माण र पुनःस्थापनामा जवाफदेही, पारदर्शिता एवं गुणस्तर कायम गर्न सहकार्य गरी सहयोगी भूमिका निर्वाह भइरहेको टिआई नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था