१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफ्ना कर्मचारीको परिवारलाई दूर्घटना बीमाको १० लाख रुपैया प्रदान गरेको छ । समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटरसाइकिल दूर्घटनामा परि मृत्यु भएको थियो । अधिकारीको गत वर्षको असौज १७ गते बुटवल १२ ढवाहामा मोटरसाईकिल दूर्घटनामा परि ज्यान गएको थियो ।

दूर्घटना बीमा वाफत नेको ईन्सोरेनसमा गरिएको बीमा रकम आएसँगै अधिकारीको श्रीमती विवु अधिकारीलाई मँगलबार एक समारोहका बीच बीमा रकम समितिले प्रदान गरेको हो । ४३ वर्षिय अधिकारी समितिको चौकी ईन्चार्जका रुपमा कार्यरत रहेको र उनको एक छोरा एक छोरी रहेका छन् । समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।

यस अघि समितिको तर्फबाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमाबाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ