ताजा अपडेट »

सैनामैनाको चौथो नगर सभा,सहकार्य गर्न प्रमुखको आग्रह

आइतबार, २९ पुस २०७५, १२ : ४५
8 Shares

सैनामैना । सैनामैना नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ । चौथौ नगरसभा अन्तर्गत प्रथम बैठकको शुभारम्भ गराउँदै नगर प्रमुख चित्रबहादुर कार्कीले आर्थिक वर्ष २०७५÷७६ लाई ‘समृद्धिको इतिहास रच्ने आधार वर्ष’ बनाउने गरी कार्यक्रमहरु सञ्चालन गरिएको बताए । सैनामैना नगरपालिकाको नगर गुरुयोजना तर्जुमा गरी नगरको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन विकासका लक्ष्यहरु निर्धारण गरिएको बताउँदै उनले त्यसमा सहकार्य गर्न सैनामैनाका सबै समुदायलाई आग्रह गे ।
नगर गुरुयोजनाको आधारमा योजनाहरुको प्राथामिकताक्रम निर्धारण गरेर सबै वडाहरुमा छलफलपश्चात मात्रै योजना छनौट गरिएको नगरप्रमुख कार्कीले बताए । प्रमुख कार्कीले सैनामैनाको आवधिक योजना, वार्षिक नीति कार्यक्रम र बजेटलाई एक आपसमा सामञ्जस्यता कायम हुने गरी कार्यक्रमहरु तय गरिएको जानकारी गराए ।


सुखी सैनामैनाबासीको संकल्पका साथ सुरु भएको कार्यक्रममा समृिद्धका आधार तयार गर्न विगत वर्षको अनुभवलाई आत्मसाथ गरिने प्रमुख कार्कीले नगरवासी समक्ष प्रतिबद्धता व्यक्त गरे । नगर गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर पाश्र्व्िचत्र, स्थानीय तहको सूचनाप्रणाली, भू–उपयोग योजना, नगरपालिकाबाटै चालु आबमा तयार गरिने भएको बताउँदै उनले विकासका लागि संघीय सरकार, प्रदेश सरकार र अरु दातृ निकायहरुसँगको सहकार्यलाई प्राथमिकता दिइएको पनि बताए । सैनामैनाले नगरको गौरवको रुपमा रहेको सैनामैना चक्रपथ र मुर्गिया–लुम्बिनी सडक प्रदेश सरकारको शिवपुर सवडिभिजन कार्यालय मार्फत निर्माण अघि बढाएको छ ।

पर्यटन, कृषि, उद्योग र व्यापारलाई समृद्धिको आधारका रुपमा विकास गर्ने गरि सैनामैनाले नीति लिएको र सैनामैना क्षेत्रको अध्ययन अनुसन्धान गरी ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक मूल्यहरुको पहिचान, संरक्षण र विकास गर्न इतिहासविद, संस्कृतिविद तथा पर्यटनविद सहितको कार्यदलले अध्ययन अनुसन्धान गरी सैनामैना आलोक प्रकाशनको अन्तिम चरणमा रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।