ताजा अपडेट »

बुटवलमा कोरोना जित्नेको अनुभव : ‘सात्विक भोजन र उच्च मनोबलले जितियो’

आइतबार, २५ जेठ २०७७, १४ : ४९
8 Shares

बुटवल । बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कोरोना परीक्षणमा संक्रमण नदेखिएपछि आईतबार विदाई गरिएको हो । कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले विदाई विदाई गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम स्वास्थ्य परिक्षणपछि उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले बताए । घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गर्दै उनले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह गरे । त्यसअवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गएपनि घरमा अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वोरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका सामग्री प्रदान गरे । आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका हुन् । कोरोना संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते उनिहरु बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए ।

त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट घर फर्किएका हुन् । उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वोरो देखिएपनि अन्यमा कुनै लक्षण नदेखिएको आइसोलेशनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन् । दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए । कपिवलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिकाले कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् । उनीहरु बाहेक अरु सबै जना भारतबाट आएका हुन् । अब आइसोलेशनमा ३२ जना रहेका छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि पुन अवधी पूरा गरी स्वाब संकलन गरेर परीक्षण गरिने छ । उ

निहरुको आज (आइतबार) बेलुका वा सोमबार स्वाब संकलन गरेर पठाउने गरि तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । आइसोलेशन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेकजाँच गर्नुका साथै नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराइएको छ । यसका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेशन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले जानकारी दिए ।

सात्विक भोजन र मनोबल उच्च भएपछि कोरोना जितियो
सात्विक भोजन, सन्तुलित आहारविहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरेको बताउँदै कपिलवस्तुको बाणगंगा–५ का वडाध्यक्ष भिष्मराज भुसालले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताए । उनलाई संक्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन समेत नमान्दा आफै स्कुटी चलाएर बुटवल आएका थिए । ‘बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो, तर यहाँआएपछि यहाँको वातावरणले सबै तनाव मुक्त बनायो’ वडाअध्यक्ष भुसालले भने, मनोबल उच्च राख्ने र सन्तुलित आहार विहार गर्ने हो भने कोरोना जितिँदोरहेछ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।