ताजा अपडेट »

कृषिको सुधारका लागि उपयुक्त समय : मन्त्री भुसाल

बुधबार, ०७ जेठ २०७७, २१ : ५६
6 Shares


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।

राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय भएको उनको भनाइ थियो । यस क्षेत्रमा तीन सरकारको फरक फरक भूमिका कानूनमार्फत निर्धारण गर्न सकिने उनले बताए। संविधानअनुसार कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आएको उनको भनाइ थियो ।

अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बीउ र बालीको सूचीकृत गर्न सक्ने उनले बताए। नेपाल सरकारले नियमन गर्ने, प्रदेश र स्थानीय सरकारले लागू गर्ने गरी विधेयक ल्याइएको मन्त्री भुसालको भनाइ थियो । कृषि क्षेत्र बजारलाई छोडिदिँदा झनै कमजोर भएको उनले औँल्याए। उनले भने “तीन तहको सरकारले मिलेर यसलाई व्यवस्थित गर्न सकिन्छ ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।