ताजा अपडेट »

कोरोना संक्रमितको संख्या ४२७ पुग्यो, आज २५ जना संक्रमित भेटिए

बुधबार, ०७ जेठ २०७७, १७ : १५
2 Shares

बुटवल । नेपालमा बुधबार २५  कोरोनाभाइरसका संक्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार  थपिएका संक्रमितमध्ये १८ पुरूष  र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३  र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ । कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन्।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।