ताजा अपडेट »

आज महाशिवरात्रीः शिवालयमा भक्तजनको भीड

सोमबार, २० फागुन २०७५, ०९ : ३०
31 Shares

फागुन २०,
मञ्जु टण्डन
बुटवल । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहानैदेखि शिवको दर्शन र पूजा–आजाको लागि विभिन्न शिव मन्दिरमा भीड लागेको छ । बिहानैदेखि लाखौँ भक्तजन आज शिव मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।

आज देशैभरका शिवालय मन्दिरमा श्रद्धालुु भक्तजनको भिड लागेको छ । यसै अवसरमा यस क्षेत्रका ठूला तथा साना मन्दिरहरुमा पनि भीड लागेको छ । सैनामैना स्थित स्वयम् उत्पत्तिमान पर्रोहा पर्मेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम, बुटवल–१२ स्थित मुुक्तिधाम , तिनाउ गाउँपालिका वार्ड नं.३, पाल्पा स्थित सिद्धबाबा मन्दिर लगाएतका शिवालयहरुमा निकै भिड लागेको छ ।

फाइल तस्वीरमा सैनामैना, रुपन्देही स्थित पर्रोहा पर्मेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधाम ।

शिवरात्रीसँगै सोमबार विशेष दिन परेको हुँदा रातीदेखि नै श्रद्धालुु भक्तजनको भिड लागेको पर्रोहा बोलबमधामका अध्यक्ष रामवली चौधरीले बताए । चर्चित बोलबमधाममा हरेक वर्ष शिवरात्रीको अवसरमा भिड लाग्ने गरेपनि यसवर्ष सोमबार नै शिवरात्री परेको हुुँदा दर्शनार्थीको संख्या धेरै भएको र लाइनपनि लामो भएको बताए । उता सिद्धबाबा मन्दिरमा पनि निकै भक्तजनको निकै धेरै संख्यामा उपस्थिति रहेको मन्दिर समितिका अध्यक्ष दल बहादुर गुरुङले बताए ।

गतवर्ष १२ हजारको संख्यामा भक्तजन आएको बताउँदै यसवर्ष २० हजार आउने आंकलन गरिएकोमा विहानदेखिको भीडले २० हजार दर्शनार्थी पुुग्ने उनले बताए । भत्तलजनको लागि आवत–जावतको लागि तिलोत्तमादेखि बुटवल हुुँदै निःशुुल्क धार्मिक बस सञ्चालन गरेको समितिका सदस्य तोया लम्सालले बताए । उनले नियमित रुपमा समितिले शनिबारदेखि एकमात्र बस सञ्चालन गरेपनि शिवरात्रीका लागि ५ ओटा बस सञ्चालन गरेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।