ताजा अपडेट »

अर्घाखाँची सिमेन्टद्वारा प्रदेश ५ को राहत कोषमा ५१ लाख सहयोग

आइतबार, ३० चैत्र २०७६, १८ : ५४
10 Shares

बुुटवल । नेपालकै अग्रणी सिमेन्ट उत्पादक मध्यको एक उद्योग अर्घाखाँची सिमेन्ट प्रा.लि.ले प्रदेश नम्बर ५ सरकारको राहत कोषलाई ५१ लाख रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमबीच प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । अहिलेसम्म प्रदेश सरकारको कोषमा निजी क्षेत्रबाट गरिएका सहयोग मध्य यो नै सबैभन्दा ठूलो सहयोग रकम हो भने प्रदेश सरकारले उपलब्ध गराएको रकम पछि यो दोस्रो ठूलो रकम हो ।

अर्घाखाँचीले सिमेन्टका तर्फबाट उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले सो रकमको चेक मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन । कोरोना महामारीबाट बिश्वनै प्रताडित भएको समयमा हाम्रो देश पनि पिडामा परेको र देश तथा देशवासीको पिडामा सहयोग गर्नू उद्योगीहरुको पनि दायित्व भएको हुदाँ प्रदेश सरकारलाई कोरोना राकथाम तथा नियन्त्रण गर्न सहज होस भनि सो सहयोग रकम प्रदान गरिएको प्रबन्ध निर्देशक अग्रवालले बताए । चेक ग्रहणगर्दै मुख्यमन्त्री पोखरेलले उक्त रकम कोरोना माहामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण हुने बताउँदै उद्योगले ठूलो मन बनाएर सहयोग गरेकोमा उद्योग संचालक एवम् उद्योग परिवारलाई प्रशंसा गर्दै धन्यवाद दिएका थिए । उद्योगले यसअघि उद्योग भएको गाउँपालिक, सियारी गाउँपालिकालाई समेत २ लाख सहयोग रकम उपलब्ध गराएको छ ।

उद्योग बन्द भएसँगै खानीमा काम गर्ने मानिसलाई दैनिक गुजारा गर्नै समस्या परेपछि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले खानी संचालन भएका ठाँउ पाल्पाको माथागढी गाँउपालिका–५ धमिगा तथा तिनाउ गाँउपालिका–३ श्रीडाँडा का बिपन्न वर्गलाई दैनिक गुजारा चलाउन सहज होस भनि २० लाख बराबरको खाद्य तथा राहत सामाग्री उपलब्ध गराउन लागिएको उद्योगका महा प्रबन्धक उद्यव बहादुर कार्कीले बताए । उद्योगले आफ्नो उद्योगमा कार्यरत मजदुरहरुलाई समेत उद्योग संचालन नभएको समयमा खाद्यान्न लगाएतका ब्यावस्थापन मिलाएको समेत जनाएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रदेश ५ का सभासद सन्तोष पाण्डे, प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल, निर्देशक गौरव अग्रवाल, महाप्रवन्धक उद्यव बहादुर कार्की र नयब महाप्रवन्धक कृष्ण पाण्डेको उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।