ताजा अपडेट »

घर फर्किए सैनामैना क्वारेन्टाइनमा बसेका चार जना

आइतबार, ३० चैत्र २०७६, ०६ : २६
12 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएका ४ जनाको नतिजा ‘नेगेटिभ’ आएको छ । सैनामैना वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ४ जना बिरामीको भैरहवा स्थित गहुँबाली केन्द्रमा निर्माण गरिएको प्रादेशिक प्रयोगशालामा नमुना संकलन गरी पठाइएकोमा उनीहरु चारै जनाको थ्रोट स्वाब परिक्षण गर्दा कोभिड-१९ आरटि-पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको जन-स्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी दिए ।

स्वास्थ्य निरिक्षक पन्थीका अनुसार उनीहरु भारतको पुनामा काम गर्दै आएका र यहि चैत्र ११ गते नेपाल–भारत सिमा गौरीफाँटा नाका हुँदै सैनामैना आएका थिए । उनीहरुलाई चैत्र २३ गते बनकट्टामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भई घर फर्किएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा स्वाव परीक्षण गनुपर्ने भएकाले उनीहरुको थ्रोट स्वाव परीक्षण गर्न मँगलवार भैरहवा पठाइएको थियो । स्वाब परीक्षण गर्न पठाइएका ४ युवकहरुमध्ये सैनामैनाका एक युवक र बाग्लुङ् बरेङका तीन युवक हुन् ।

शनिबार परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले छाडेको छ । उनीहरुलाई घरमा गएर कम्तिमा एक हप्ता होम क्वारेन्टाइनमा अनिवार्य बस्न समेत आग्रह गरिएको छ । प्राकृतिक चिकित्सालयको कोरोना विशेष अस्थायी आइसोलेसन अस्पतालमा शनिबार २ जना थपिएसँगै हाल ४ जनाले उपचार गराइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।