ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु ?

शुक्रबार, २८ चैत्र २०७६, ०८ : ३३
4 Shares

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड १९ बाट १६ लाख मानिस संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ९५ हजार ७ सय बढीको मृत्यु भइसकेको छ ।

विश्वको २०९ देशमा फैलिएको कोरोनाबाट निको भएर ३ लाख ५६ हजार घर फर्किएका छन् । त्यसमा सबैभन्दा बढी चीनका रहेका छन्, ७७ हजार ४ सय ४५ जना । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ७ हजार २ सय ३५ जनाको मृत्यु भएको छ भने ८५ हजार नयाँ संक्रमित भएका छन् ।

चीनपछि कोरोनाले इटली र स्पेन हुँदै अमेरिकालाई इपिसेन्टर बनाएको छ । पछिल्लो एक दिनमा अमेरिकामा १९००, फ्रान्समा १३४१, इटलीमा ६१०, स्पेनमा ६५५, यूकेमा ८८१ र चीनमा ० जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो तीन दिन लगातार मृत्यु र संक्रमितको संख्या शून्य भएको छ ।
हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु
अमेरिका -१९००
चीन -०
इटली -६१०
स्पेन -६५५
जर्मनी -२५८
इरान -११७
स्विजरल्याण्ड -५३
फ्रान्स -१३४१
युके -८८१
दक्षिण कोरिया -४
नेदरल्याण्ड -१४८
अस्ट्रिया -२२
बेल्जियम -२८३
र्पोचुगल -२९
क्यानडा -८२
टर्की -९६
अस्ट्रेलिया -१
नर्वे -७
भारत -४९
आयरल्याण्ड -२८
डेनमार्क -१९
ब्राजिल -१३४
इजरायल -१३
स्विडेन -१०६
रुस -१३
चिलि -९
पोल्याण्ड -१५
चेक्भिया -१३
इक्वेडर -३०
पेरु -१७
जापान -५
पाकिस्तान -४
रोमानिया -२८
मलेसिया -२
फिलिपिन्स -२१
लक्जमबर्ग -६
यूएई- २
सर्बिया -१
पानामा -३
फिनल्याण्ड -२
थाइल्याण्ड -२
इन्डोनेसिया -४०
साउदी अरब -३
डेमोनेसियन रिपब्लिक- ६
ग्रिस- ४
सिंगापुर -१
मेक्सिको -३३
कोलम्बिया१४
युक्रेन५
इजिप्ट-१५
अल्जेरिया-३०
बेलारुस -३
क्रोएसिया -१
स्लोभेनिया -३
मोरक्को -४
माल्दोभ -२
हंगेरी -८
लिथुवानिया -१
अजरबैजान- १
अर्मेनिया -१
बोस्निया -१
क्यामरुन -२
कजाकस्तान -१
ट्युनिसिया -१
लाटभिया -१
एन्डोरा -२
साइप्रस -१
क्युबा -३
अफगानिस्तान -१
ओमान -१
नर्थ मेसोडोनिया -१
बुर्किनाफासो -१
अल्वानिया -१
जोर्डन -१
होनडुरस -१
माल्टा -१
सानमरिन -१
नाइजर -१
बोलिभिया -३
केन्या- १
डिजिबाउटी -१
एल साल्भाडोर -१
बर्मुडा- १
बहमास -१
हाइटी- १

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।