ताजा अपडेट »

पूर्वराजाले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ करोड सहयोग गर्ने

मंगलबार, १८ चैत्र २०७६, १९ : ३५
2 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने बताएका हुन् । पूर्वराजा शाहले सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भएको बताउँदै महामारीको यो संकटमा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरीलगायतप्रति आभार पनि व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।