ताजा अपडेट »

वडा कार्यालयद्वारा बिपन्न समुदायलाई खाद्यन्न वितरण

आइतबार, १६ चैत्र २०७६, १६ : ४५
10 Shares

दाङ । चैत ११ गतेदेखि लकडाउन सबैभन्दा बढी मारमा परेका निम्न आए भएका नागरिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ कार्यालयले खाद्यन्न बितरण गरेको छ । बिहान बेलुकीको खानपीनको जोह गर्न श्रम गर्नुपर्ने नागरिकको वडामा पहिचान गरि १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ किलो स्वाईबिन,१लिटर खाने तेल र १ पोका नुन बितरण गरिएको वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिए ।

४/५ दिन जसोतसो गुजारा चलाएका अत्यन्त बिपन्न समूदायले अव भने नसक्ने अबस्था बुुझिएकाले खाद्यन्न बितरण शुरु गरिएको शाहले बताए । तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्र वडा नम्वर ५ मा छ भने बिपन्न, दलित, जनजाति समूदायको बस्ती पनि पातुखालो र आसपासमा घना भएकाले ठुलो संख्यामा बसेका बिपन्न समूदायको पहिचानमा जुटेको उहाले बताए। टोल बिकास समितिको सहयोगमा वडा नम्वर ५ मा झण्डै ५ सय बढी बिपन्न समूदायका नागरिकको पहिचान गरिएको छ । कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाउँन सर्तकता अपनाउदै सरकारले चैत ११ गतेदेखि आगामी १८ गते सम्म आह्वान गरेको लक डाउनबाट सबैभन्दा बढि दैनिक गुजारा चलाउन श्रम गर्ने नागरिक मर्कामा परेका छन् ।

ती मध्ये अत्यन्त कम्जोर वर्ग, सहाराबिहीन, बृद्धबृद्धा, दलीत, जनजाति समूदायलाई पहिलो प्राथमिकतामा राखि १ सय २० जनालाई शनिबार दैनिक उपभोग्य बस्तु(खाद्यन्न) बितरण गरिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए। तुलसीपुरका ब्यबसायि अब्दुल हमिद खाँले उपलब्ध गराएको खाद्यन्न १ सय २० जनालाई बितरण गरिएको श्रेष्ठले बताउनुभयो । अनिकाल र संकटका बखत खाद्यन्न बितरण गरेर आफुहरुलाई बाँच्ने आशा बढाएको भन्दै उनीहरु खुशी भएका छन् । वडा कार्यालयबाट वडा नम्वर ५ ले बाँकी बिपन्न समूदायका नागरिकहरुलाई पनि खाद्यन्न बितरणका लागि अन्य सहयोगी दाताहरुलाई आह्वान गरेको छ ।

लक डाउनका कारण नियमीत औषधि खानेहरुले पहिले नै आफ्नो जोहो गरि सकेको अबस्था छ । तर गर्भवती महिला, शिशु, जेष्ठ नागरिक र दिर्घरोगका लागि प्रयोग गरिने नियमीत खोपहरु र औषधिले खरीद र लगाउन समेत प्रभाबित भएको छ । बिरामी परे स्वास्थ्य उपचारका लागि समेत समस्या भएको छ । कोरोनो भाईरसको संक्रमणको डरले सरकारी तथा नीजि अस्पतालले बिरामीको चेकजाँच गर्न चाहदैनन् । जसका कारण अन्य रोग वा स्वास्थ्यमा आएको समस्या कारण उपचार गर्न नपाएरै नागरिकले ज्यान गुमाने वा जोखिम मोल्न बाध्य भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।