ताजा अपडेट »

गुल्मीमा निषेधाज्ञा जारी, उल्लंघन गरे ६ महिनासम्म जेल

मंगलबार, ११ चैत्र २०७६, १५ : ०३
6 Shares

गुल्मीमा । विश्वभरि फैलिएको कोरोना भाइरस (कोविड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय गुल्मीको एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा-(३) अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ। सोमबार राति १२ बजेबाट ‘लक डाउन’ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार अर्को निर्णय गरेको हो।

भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मालबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत सेवा वाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए। निषेधाज्ञाको उल्ङघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।