ताजा अपडेट »

चीन भन्छ : नेपाल एक्लै हुँदैन ,हामी साथमा छौं

मंगलबार, ११ चैत्र २०७६, १४ : ४१
6 Shares

विश्वका १९० बढी देशमा फैलिएको कोरोना भाइरस (केभिड–१९ ) कारण विश्व आक्रान्त छ । चीनको वुहान प्रान्तबाट फैलिन सुरु भएको यस भाइरसले अहिले यूरोपियन देशमा महामारी नै लिएको छ भने अन्य महादेशका देशहरुपनि प्रभावित भएका छन् । चीनबाट सुरु भएको महामारी चीनमा भने नियनत्रणमा आएको छ । पछिल्ला दिनहरुमा सो भाइरसका नयाँ संक्रमित नभेटिएको रिपाोर्ट छ । तर, विश्वका अधिकांश देशमा संक्रमण भएको केही समयसम्म पनि नेपालमा भने नदेखिएको यो भाइरसबाट अहिले भने संक्रमित फेला परेका छन् ।

चीनको सिमासँग जोडिएको छिमेकी राष्ट्र नेपाल लामो समयसम्म संक्रमणबाट बच्न सफल हुँदा आश्चर्य नै मानिएको थियो । तर, हाल संक्रमित देखिनु र फैलिने समभवानाले नेपालमा पनि उच्च सतर्कता अप्नाइएको छ । सरकारले लकडाउन नै गरेर संक्रमण रोक्ने प्रयास गरेको छ । यस्तो अवस्थामा चीनले नेपाल एक्लै नरहेको बताउँदै सहयोग गर्ने प्रतिबद्धता गरेको छ । नेपालका लागि चीनका राजदूत हौउ यान्छीले सामाजिक सञ्जाल मार्फत नेपाल संकटमा रहेको बेला चीनको साथ रहेको बताएकी छन् । कोरोना महामारीलाई नियन्त्रण गर्दै अन्य राष्ट्रलाई पनि सहयोग गर्न अघि बढेको चीनले केही दिनअघि नेपाललाई पनि आवश्यक सामग्री प्रदान गर्ने बताउँदै मागका लागि अनुरोध गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।