ताजा अपडेट »

काेराेना विरुद्धकाे अभियान : विद्यालयहरुबाट सहयाेगकाे प्रतिवद्धता

सोमबार, १० चैत्र २०७६, २० : ०५
12 Shares

बुटवल । विश्वव्यापी महामारीकाे रुप लिएकाे काेराेना भाइरस संक्रमण विरुद्धकाे अभियानमा रुपन्देहीका सामुदायिक तथा निजी विद्यालयहरुले सहयाेगका लागि प्रतिवद्धा जनाउदै आवश्यक परेकाे अवस्थामा क्वारेन्टाइका लागि विद्यालय भवन उपलब्ध गराउने जनाएका छन् ।

रुपन्देहीकाे बुटवल-११ कालिकानगर अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले क्वारेन्टाइनका लागि आफ्नाे १ सय १५ बढी काेठा भएकाे भवनहरु उपलब्ध गराउन तयार भएकाे विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिए । हालै बुटवल उपमहानगरपालिका र प्रदेश सरकारकाे पहलमा बुटवल धागाे कार्खानामा स्थापना गरिएकाे अस्थाइ अस्पतालका लागि फर्निचरसमेत उपलब्ध गराएकाे जनाउदै उनले आवश्यक परेकाे अवस्थामा विद्यालयलाई क्वारेन्टाइनकाे रुपमा प्रयाेग गर्न दिइने बताए ।

यसैगरी रुपन्देहीकाे सैनामैना नगरपालिकामा अवस्थि सैनामैना मेमाेरियल विद्यालयले पनि आवश्यक परेकाे अवस्थामा आफ्नाे ५५ काेठाकाे विद्यालय भवन उपलब्ध गराउन सकिने प्राचार्य जेवि क्षेत्रीले जानकारी गराए । त्यसैगरी देवदहकाे सगरमाथा आवासिय माध्यमिक विद्यालयले पनि आफ्नाे भवन क्वारेन्टाइन प्रयाेजनका लागि उपलब्ध गराउन सकिने प्राचार्य कृष्ण पौडेलले घाेषणा गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।