ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको मेघामेट्रोसिटीको नाइट कार्यक्रम

शुक्रबार, १४ मंसिर २०८१, २१ : ०१
68 Shares
शुक्रबार, १४ मंसिर २०८१
68 Shares

बुटवल ।  लायन्स वल्क अफ बुटवल  मेट्रोसिटीको मेघा मेट्रोसिटि नाइट कार्यक्रम बुटवलमा  सम्पन्न भएको छ। क्लब वार्षिक अन्तर्गत भएको मेघा मेट्रोसिटी नाइटको अध्यक्ष लायन गोपाल खरेल गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि ३२५ पी नेपालका गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब सामाजिक क्षेत्र वर्षेदेखि लागेको भन्दै लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले सामाजिक उद्धरदाहित्व अन्तर्गत उकृष्ट काम गरेको बताए।

कार्यक्रममा ३२५ पी नेपालका निवर्तमान अध्यक्ष लायन अर्जुनमान सुजै,प्रथम उपाध्यक्ष लायन बालाराम भट्टराई,सचिव लायन माधव खनाल,कोषाध्यक्ष लायन प्रकाश कुमार श्रेष्ठ ,क्लबका स्थापक अध्यक्ष लायन विनोद सुवेदीपूर्व अध्यक्षहरू लायन उमानाथ अधिकारी,लायन नवराज बन्जाडे,लायन रामप्रसाद बेलबासे,निवर्तमान अध्यक्ष लायन इन्जिनियर गोविन्द लामिछाने नहरपुर माविका प्रअ धनेश्वर गौतम,क्लबका मार्केटिङ  डाईक्टेर ध्रब प्रसाद कोइराला लगायत बोल्दै क्लबलाई सामाजिक बनाउनु पर्नेमा जोड दिएका थिए।

सो अवसर कार्यक्रम शिक्षाको लागिअभिभावकत्व  कार्यक्रम लायन्स क्लव अफ बुटवल मेट्रो सिटी अक्षयकोषबाट २ लाख ५० हजार बराबरको बार्षिक व्याजबाट बुटवलको नरपुर माविका ३ जना विद्यार्थीहरुलाइ प्राथमिक तहदेखि १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने गरी चेक हस्तान्तरण गरिएको थियो। सोही अवसरमा पर्यावरणको क्षेत्रमा काम गर्ने सर्प रेस्कुवर विशाल पाण्डेलाई सम्मान गरिएको थियो। भने क्लबको डाइरेक्टरकी विमोचन साथै क्लबको टिसर्ट सार्वजनिक गरिएको कार्यक्रम संयोजक लायन प्रथम उपाध्यक्ष दिवाकर पौडेल जानकारी दिए। कार्यक्रमको संचालन सचिव मनोज गौतमले गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।