ताजा अपडेट »

कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमती

शुक्रबार, ११ जेठ २०८१, १८ : ५३
102 Shares
शुक्रबार, ११ जेठ २०८१
102 Shares

धनुषा । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी साधारण तारिखमा छाड्न अपिल गरेका थिए । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।