ताजा अपडेट »
अपडेट:

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

बुधबार, २८ चैत्र २०८०, १२ : २५
354 Shares
बुधबार, २८ चैत्र २०८०
354 Shares

सन्धिखर्क। अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्।अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे।

दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीकाे मृत्यु भएकाे छ।घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, साेही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ।

घाइतेहरुकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेकाे छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।