ताजा अपडेट »

सिद्धार्थनगरको वडा नम्बर १ मा छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई 'कोशेली'

शुक्रबार, २५ फागुन २०८०, १३ : ४९
110 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ ले बालिका जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ‘कोशेली’ प्रदान गर्ने भएको छ । बालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिने वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

‘सिद्धार्थनगर–१ मा जन्मिने छोरी ९बालिका० का परिवारले ३५ दिनभित्रै जन्मदर्ता गराएपछि सम्बन्धित परिवारको घरमा पुगेर कोशेली प्रदान गर्नेछौं, ’उनले भने । यसले समयै व्यक्तिगत घटना दर्ता गराउन प्रोत्साहन गर्ने उनले विश्वास व्यक्त गरे । समयमै घटना दर्ता नगर्दा भविष्यमा विभिन्न किसिमका समस्याहरु आइपर्ने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको उनले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै आएको छ । वडाअध्यक्ष पोखरेलका अनुसार प्रत्येक तीन महिनाको अन्तरालमा वडा कार्यालयले पौष्टिक आहार वितरण गर्दै आएको र यसलाई निरन्तरता दिँदै जानेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।