ताजा अपडेट »

आज महाशिवरात्री : पाल्पाको सिद्धबाबासहित देशभरका शिवालयमा भक्तजनको घुँइचो

शुक्रबार, २५ फागुन २०८०, ०४ : ४२
148 Shares

बुटवल । आज महाशिवरात्री, विहानैदेखि शिवलयमा श्रद्धाले भक्तजनहरुको घुँइचो लागेको छ । पाल्पाको सिद्धबाबा, रुपन्देहीको बोलबमधाम, मुक्तिनाथ धाम लगायतका शिवालयहरुमा भिड लागेको हो ।

यसै बीच सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताएका छन् । भक्तजनको शुविधाका लागि आज शुक्रबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको अध्यक्ष शेरचनले बताए । बुटवलका योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा गोलपार्कमा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवसथापनलाई सहज बनाउनका लागि बिभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिएको उनले बताए ।

विगत वर्षहरुमा जस्तै यो वर्ष पनि करिब ४० हजार भक्तजनले पूजापाठ गर्ने र त्यसका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन टोकनको व्यवस्था गरिएको उपाध्यक्ष अम्मर प्रधानले जानकारी दिए । सिद्धबाबा मन्दिर बिकास समितिले भक्तजनका लागि निशुल्क प्रसाद वितरण तथा भण्डाराको व्यवस्था गरेको छ । विहान साढे ३ बजेदेखि मन्दिरको मुख्य द्वार खुला गरी पूजापाठ चलिरहेको छ । सिद्धबाबा मन्दिरमा नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत दर्शन गर्न आउने गर्दछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।