ताजा अपडेट »

नेपालले आज पनि नामिविया विरुद्ध टस हार्यो, पहिले ब्याटिङ गर्ने

बुधबार, ०९ फागुन २०८०, ०८ : ५१
52 Shares

बुटवल । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएकोछ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन् ।

पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् । नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।