ताजा अपडेट »

पुर्वान्चलकै प्रतिष्ठित झापा गोल्ड कपको उद्घाटन खेलमा ससस्त्रको एपिएफ विजयी

शनिबार, १९ फागुन २०८०, २३ : ५९
136 Shares

बिर्तामोड । पुर्वान्चलकै प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशि भयेको फुट्बल "झपा गोल्ड कप फुटबल"को सनिबर सम्पन्न छैटौं संस्करणको  उद्घाटन खेलमा  ससस्त्र प्रहरिको एपीएफ टिम विजयी भएको छ । एपीएफले संकटा क्लब काठमाडौंलाई ४–२ गोल अन्तरले ट्राईब्रेकरमा  पराजित गर्दै  क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

एपीएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए भने  संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

संकटाका अजित लामाको प्रहार  एपीएफका गोलरकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो।

खेल सुरु भयेको चौथो मिनेटमै एपीएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले उक्त बल गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरिएको थियो । खेलको १३औं मिनेटमा १८ यार्ड परबाट अनिस महर्जनले गरेको प्रहार आकासियो भने खेलको २० मिनेटमा अनिसकै प्रहार गोलरक्षकले विफल तुल्याए ।

खेलको  ५५औं मिनेटमा एपीएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले जोगाए । ७६ औं मिनेटमा एपीएफका प्रदीप लामाको प्रहार बार नजिकबाट बाहिरियो । खेलको अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्यभागबाट गरेको प्रहारलाई संकटाका गोलरक्षकले । खेल अवधिभर थुप्रै अवसर पायेको एपीएफले निर्धारित समय भित्र गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

उद्घाटन खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । प्रतियोगिताको विजयी टिमले नगद १३ लाख, उपविजेताले ७ लाख, तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित कुल १० टिमको सहभागिता रहेको छ ।

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।