ताजा अपडेट »

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदन पेस गरिँदै

मंगलबार, ०८ फागुन २०८०, ०८ : २९
64 Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ। 

 मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।