ताजा अपडेट »

नेपालले गुजरात र बरोडाको टिमसँग टी-२० फ्रेन्डसिप कप खेल्ने

सोमबार, ०७ फागुन २०८०, १९ : ४२
52 Shares

काठमाडौं । नेपालले भारतको गुजरात र बरोडासँग टी-२० फ्रेन्डसिप कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा खेल्ने  टी-२० फ्रेन्डसिप कपको खेल तालिका सार्बजनिक गरेको हो।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो। खेल तालिका अनुसार नेपालले ३१ मार्चमा गुजरातविरुद्ध खेल्ने छ भने १ अप्रिलमा गुजरात र बरोडा, २ अप्रिलमा नेपाल र बरोडा, ३ अप्रिलमा नेपाल र गुजरात, ४ अप्रिलमा बरोडा र गुणराज, ५ अप्रिलमा नेपाल र बरोडा खेल्ने छन् । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।
      

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।