ताजा अपडेट »

गुल्मीको जँगलमा डढेलो लगाउने २ जना पक्राउ

मंगलबार, १८ बैशाख २०८१, १६ : ४६
678 Shares

गुल्मी । गुल्मीको रेसुङ्गामा यही वैशाख ७ गते डढेलो लगाउने २ जनालाई पक्राउ गरी डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो ।

उनीहरुले जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको स्वीकार गरेका छन् । रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसीलाई डढेलो लगाएको आरोपमा पक्राउ गरिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । उनीहरुलाई वन ऐन २०७६ मार्फत् आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ ।

पक्राउ परेकालाई तीन वर्ष कैद र रु ६० हजार जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए । हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।