ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

बुधबार, २४ माघ २०८०, १७ : १८
52 Shares

कास्की। पोखरा महानगरपालिका-८ नागढुङगास्थित सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा कडेल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।