ताजा अपडेट »

बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ

आइतबार, २१ माघ २०८०, १४ : ०१
100 Shares

काठमाडौँ । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्व (प्रहरी नायब निरीक्षक) सई पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँले एक पूर्वसईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौँमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको प्रहरी स्रोतले बतायो ।ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

पक्राउ परेका सई र पीडित भनिएकी किशोरीको आमा भने लिभिङ टुगेदरमा रहेको खुलेको छ ।उनले आफ्नै प्रेमिकाको छोरीलाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।