ताजा अपडेट »

चोरीमा संलग्न रहेको आराेपमा एकजना पक्राउ

विहीबार, १८ माघ २०८०, १७ : ०५
52 Shares

 

ईलाम, १८ माघ । फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई प्रहरीले पक्राउ गरेको छ । 

 

बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।