ताजा अपडेट »

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, १७ माघ २०८०, १४ : २५
66 Shares

भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।