ताजा अपडेट »

पोखरामा आजदेखि आहा ! रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र थ्री स्टार भिड्दै

मंगलबार, ०९ माघ २०८०, ०९ : ०४
92 Shares

पोखरा । मोफसल बाहिर प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने आहा ! रारा गोल्डकप आजदेखि पोखरामा सुरु हुँदै छ । सहारा क्लबको आयोजनामा २३ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच हुँदै छ । प्रतियोगितामा ८ ए डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं संस्करणको फाइनल माघ २० गते हुनेछ । पोखरा रंगशाला हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।

प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्तत गर्नेछन् । यसरी सबै पुरस्कार राशी २८ लाख ३२ हजार ५ सय ५५ रुपैयाँको हुनेछ । साथै प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक सहाराले व्यहोर्ने बताइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।