ताजा अपडेट »

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

शनिबार, ०६ माघ २०८०, ०७ : २८
66 Shares

कपिलवस्तु। नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ ।

केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई ३ दिने प्रशिक्षण प्रदान गरेको छ । होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण ३ सम्म सञ्चालन हुने छ ।

प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताए । अर्को वर्ष देखी पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताएका छन् ।

वडा सदस्य देखी, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको उनको भनाइ छ । पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमीक तह र अनुसन्धनात्मक तहको प्रशिक्षण गरी परिक्षा समेत लिइने ज्ञवालीले बताए । 

नेता ज्ञवालीले अहिलेको सरकार ‘मल्टीपल अर्गान फेलियर’ भएको बताएका छन् । ‘राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुदैँछ । अर्थतन्त्र लथालिङ्ग छ । हरेक गृहणीलाई थाहा हुन थालेको छ कि भान्सामा कति पकाउन सकिन्छ ? हरेक युवालाई हिजो रेष्टुरेन्टमा गएर कती खर्च गर्न सकिन्थ्यो ? आज कती खर्च गर्न सकिन्छ । गाडी चढ्नेलाई थाहा छ, फुल टयांक गर्न कती गारो छ ? उद्योग व्यवसाय आधा पनि चलेको छैन । देश लथालिंग भएको छ’ ज्ञवालीले भने ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्प नरहेको बताउनु भएको थियो । कार्यक्रममा एमाले नेता खिमलाल भट्टराई, वृजेश कुमार गुप्त, बलराम अधिकारी, गिरिधारीलाल न्यौपाने, शुशिल श्रीवात्सव, सराज अहमद फारुकी, एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी लगायतको प्रशिक्षणमा सहभागिता रहेको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले प्रशिक्षण पछि कार्यकर्तामा नया उत्साह थपिने विश्वास गरेका छन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।